Comments Add Comment

फिर्के खोलाले बगाउँदा एक वेपत्ता

Firke-Rivar-Pokhara

२३ भदौ, पोखरा । पोखरा शहरको मध्य भाग भएर बग्ने फिर्के खोलाले बगाएर एकजना बेपत्ता भएका छन् ।

गएराति करीब ११ बजे पोखरा उपमहानगरपालिका-६ मालपोत कार्यालय नजिकै मोटरसाइकल चलाइरहेको समयमा खोलाले ग ६ प ७९२ नम्बरको मोटरसाइकलसहित चालकलाई खोलाले बगाएको हो ।

खोलाले बगाएको मोटरसाइकले घट्नास्थल भन्दा २ सय ५० मिटर दक्षिणतर्फ भेटिएपनि त्यसमा सवार व्यक्ति भने फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । चालकको पहिचान नखुलेको तथा उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

गएराती पोखरामा भिषण वर्षा भएपछि फिर्केखोला उर्लिएको थियो ।

यसैबीच, कास्कीको कालिका गाविस ६ सुनपादेबीमा गएराती पहिरोले बोधराज तिमिल्सिनाको २ तले पक्की घर भत्काउँदा दुई जना घाइते भएका छन् । घर पूर्णरुपमा क्षति भएको छ भने बोधराज र उनी श्रीमती घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment