+
+

बालुवाटारमा नयाँ शक्तिको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २३ गते १५:१९

Naya-Shakti-Dharna

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति नेपालका केही आंगिक तथा भातृ संगठनहरुले संयुक्तरुपमा बुझाउन लागेको ज्ञापनपत्र बुझ्ने समय नदिएको भन्दै नयाँ शक्ति नेपालले विहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको छ ।

बिहान ७ बजेबाट सुरु भएको धर्ना साढे आठ बजेपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनाल ‘बलदेव’लाई ज्ञापनपत्र बुझाएपछि सम्पन्न भएको थियो ।

‘अन्य पार्टीहरु, सामान्य संघसंस्था र व्यक्तिगत ज्ञापनपत्रसम्म बुझिरहेका प्रचण्डले हामीलाई समय दिनु भएन,’ नयाँ शक्ति नेपालको महिला विभाग संयोजक कल्पना धमलाले भनिन्, ‘सात दिन अघिदेखि समय माग्दा पनि नदिएपछि हामीले प्रधानमन्त्रीका प्रतिनिधिलाई ज्ञापनपत्र बुझायौं ।’

ज्ञापनपत्र बुझाउन नयाँ शक्ति नेपालका नेता-कार्यकर्ता ‘बाढीपीडितलाई तत्काल राहत दे,’ ‘भूकम्पपीडितलाई पुनर्स्थापना गर,’ ‘बढ्दो महंगी नियन्त्रण गर,’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर बालुवाटार पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?