Comments Add Comment

पुवुदु दशानायके अमेरिकाको प्रशिक्षकमा नियुक्त

Pubudu Dasanayake (6)२४ भदौ, काठमाडौं । पुवुदु दशानायके अमेरिकाको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त भएका छन् ।

पछिल्लो केही वर्ष नेपाली टोली सम्हालेका उनलाई आइसीसी अमेरिकाले प्रशिक्षकमा नियुक्त गरेको हो । अमेरिकाको क्रिकेट एशोसिएसन निलम्बनमा छ र नेपालमा जस्तै आइसीसी आफैंले हेरिरहेको छ ।

दशानायकेले अमेरिकाको क्रिकेट प्रशिक्षक बन्ने मौका पाएकोमा खुसी व्यक्त गरेका छन् । साथै उनले पहिलो प्राथमिकता डिभिजन ४ को तयारी भएको बताए, जुन अर्को महिना हुनेछ ।

नेपाली क्रिकेटले पछिल्ला वर्षहरुमा हात पारेको सफलतामा श्रीलंकन मुलका क्यानेडियन प्रशिक्षक दशानायकेको पनि ठूलो भूमिका छ । उनलेे नेपाललाई डिभिजन ४ बाट विश्व क्रिकेट लिग च्याम्पियनसिपसम्म पुर्याए भने टी २० मा नेपालले विश्वकप नै खेल्यो ।

तर, नेपाल त्रिकेट संघको अव्यवस्था र विवादका कारण उनले २०१५ मा राजीनामा दिए । त्यसपछि पनि उनी आइसीसीको पहलमा सल्लाहकार प्रशिक्षकका रुपमा केही समय नेपाल आए ।

उनले नेपालमा क्रिकेट विवाद अन्त्य हुने हो र नेपालले चाहने हो भने आफू फेरि आउन सक्ने बताएका थिए । तर, नेपालको क्रिकेट विवाद अझै समाधान भएको छैन । र, उनी अब अमेरिकाको प्रशिक्षक बनेका छन् ।

दशनायकेले अब अमेरिकालाई पनि नेपाललाई जस्तै डिभिजन ४ बाट विश्वकपसम्म पुर्याउने लक्ष्य रहेकेा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment