+
+

तान्जानियामा भूकम्प, ११ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २६ गते ८:००

tanzania___women२६ भदौ, काठमाडौं । तान्जानिया भूकम्प गएको छ । तान्जानियाको उत्तर पश्चिम क्षेत्रमा आएको ५.७ रेक्टर स्केलको भूकम्पका कारण ११ जनाको मृत्यु भएको छ ।

भूकम्प यूगान्डा तथा रवाडाको सीमा क्षेत्र नजिकको लेक विक्टोरियामा गएको थियो ।  भूकम्पका कारण तान्जानियामा करिब दुई सयभन्दा धेरै मानिस घाइते भएका छन् ।

अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ५.७ रेक्टरको रहेको र जमिनको सतहभन्दा १० किलोमिटर तलरहेको जनाएको छ ।

सामाजिक सञ्जालहरुमा आएका तस्वीर अनुसार ६० हजार जनसंख्या रहकेो बुकोबा शहरमा धेरै नोक्सान पुगेको छ ।

तान्जानिया भूकम्पको झट्का छिमेकी देश केनिया, यूगाण्डा, रवांडा तथा बुरुन्डीमा समेत महसूस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?