Comments Add Comment

बाल यौन दुराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ, एजेन्ट पनि समातिए

२६ भदौ, काठमाडौं । बाल यौन दुराचारको आरोपमा प्रहरीले अमेरिकी नागरिक सहित एक नेपालीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ४८ वर्षीय अमेरिकी नागरिक कोनिक जोसेफ कन्मस र सहयोगी बुद्ध पुतवारलाई पक्राउ गरेको हो ।

Child-Sex-Abuseगत अगस्टमा नेपाल आएका कन्मसलाई शुक्रबार ठमेलको यम्बु होटलबाट पक्राउ गरिएको हो । बाल यौन दुराचार ‘व्यवसाय’मा सक्रिय समूहले होटलमा आउने विदेशी नागरिकलाई बालबालिका उपलब्ध गराउँदै आएको सूचनाको आधारमा प्रहरीले निगरानी बढाएको थियो ।

त्यसक्रममा गत शुक्रबार होटलमा छापा मार्दा प्रहरीले करिव १२ देखि १६ वर्षका बालकसहित कन्मस र पुतवारलाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी दिवस लोहनीले बताए ।

स्वयम्भुका २१ वर्षे पुतवारले ग्राहकहरुलाई बालक उपलब्ध गराउँदै आएको पाइएको छ । ‘हजारदेखि २ हजार हातमा राखिदिएर लैजाने गरेको देखियो,’ लोहनीले भने, ‘एउटै बालक धेरै पटक प्रयोग भएको पाइन्छ । कहिले तर्साएर त कहिले फकाएर लैजाने रहेछ ।’

प्रहरीका अनुसार अहिलेसम्म ८ जना पीडित भेटिएका छन् । र, ५० भन्दा बढी बालक पीडित रहेको अनुमान छ । पुतवारले यौन दुराचारका लागि बालबालिका पठाउने र ग्राहकले बालबालिकालाई मुख मैथुन लगायतका यौन क्रियाकलाप गराउने गरेको पाइएको छ । बालबालिकालाई यौन क्रियाकलापमा लगाइसकेपछि उनीहरुको भिडियो र फोटो समेत खिचेर राखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यसअघि यौन दुराचारमा बालगृह र सडक बालबालिका संलग्न रहेको पाइएको थियो । तर, यसपटक यौन दुराचारमा पठाइएका अधिकांश बालबालबालिका अभिभावकसँग बसेको भेटिएको छ ।

पीडित बालबालिकाहरुलाई जिल्ला अदालत काठमाडौंमा लगेर बयान प्रमाणित गरिसकिएको छ भने पुतवार र कन्मसलाई अनुसन्धानको लागि न्यायिक हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment