Comments Add Comment

प्रचण्ड लम्पसार पर्छन् कि नेपालको झण्डा उचो बनाउँछन्, हेर्छुः नेपाल

madhav nepal

२७ भदौ, रामेछाप । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपालको सार्वभौमसत्ताको सम्मान गर्न भारतलाई आग्रह गरेका छन् । भारतले नेपालप्रति जस्तो व्यहार गर्दछ, नेपालले पनि ऊ माथि त्यस्तै व्यहार गर्ने उनले बताए ।

एमाले रामेछापले सोमबार सदरमुकाम मन्थलीमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै नेता नेपालले एमाले सँधै राष्ट्रिय स्वाभिमानको पक्षमा रहेको दाबी गरे । केपी ओली नेतृत्वको सरकार अग्नि परीक्षामा पास गरेको र त्यसमा नेपाली जनताले सहयोग गरेको भन्दै उनले धन्यवाद दिए ।

‘तपाईँले हाम्रो राष्ट्रिय स्वाभिमानको सम्मान गर्नुहोस्, हामी पनि तपाईँको राष्ट्रिय स्वाभिमानको सम्मान गर्छौं । नेपाली स्वाभिमा कति उचा छ भन्ने कुरा नाकावन्दी लाएको बेला देखिसक्नु भएको छ’, उनले भारतलाई भने ।

नेता नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको परीक्षा भारत भ्रमणको बेला हुने बताए । ‘भारत भ्रमणको बेला प्रचण्ड भारत सामू लम्पसार परेर मेरा प्रभु भन्छन् कि नेपालको झण्डा उचो बनाउँछन्, त्यो हेर्न बाँकी नै छ’ पूर्व प्रधानमन्त्री नेपालले भने, मैले उनलाई भेटेर राष्ट्रिय स्वाभिमानको पक्षमा उभिन सुझाव दिएको छु ।’

एमाले नेता नेपालले ५६५ गाउँपालिकाको प्रस्ताव आफूलाई स्वीकार्य नभएको बताए । गाउपालिकाको संख्या घटाउँदा नगरिकलाई राज्यको सेवाबाट टाढा पार्ने काम मात्र हुने उनको धारणा थियो ।

गाउँपालिकाको संख्या एक हजारदेखि १५ सयसम्म पुर्‍याउनु पर्न भन्दै नेता नेपालले भने ‘जनतालाई राज्यको पहुँचबाट टाढा रख्ने कुरा स्वीकार्य हुँदैन, यो बेठिक भएको छ, यसलाई सच्याउनु पर्छ ।’

नेता नेपालले कसैले एमाले फुट्दैछ भन्छ भने त्यो दिउँसै सपना देखे जस्तै हुने बताए । एमाले अझ बलियो र सशक्त पार्टीको रुपमा स्थापित हँदै गएको भन्दै उनले भने, ‘कोही एमाले फुट्छ भनेर दिउँसै सपना देखिरहेको छ भने देखिरहोस् । कोही राति वर्वराई रहेको छ भने बर्वराई रहोस्, तर एमाले टुक्रिदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment