+
+

लुलियाका लागि घर छाड्दै सलमान खान

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २९ गते १८:४२

Salman Khan to marry Iulia Vantur

बलिउड नायक सलमान खानले मुम्बइमा रहेको आफ्नो ‘ग्यालेक्सी अपार्टमेन्ट’ छाड्ने भएका छन् । सलमान अब नयाँ घरमा सिफ्ट हुन लागेका छन् । भारतीय मिडियाका अनुसार सलमानले घर छाड्नुको मुख्य कारण, उनकी प्रेमिका लुलिया वन्तुर हुन् ।

लुलियाका लागि सलमानले नयाँ घर किनेका छन् र उनी चाडै नै त्यहाँ सिफ्ट हुँदैछन् । सलमान र लुलियाले नोभेम्बर महिनामा बिहे गर्न लागेको चर्चा अहिले बलिउडमा गर्माएको छ ।

सलमान पुरा परिवारसहित बान्द्राको लिटिल स्टार विल्डिङमा सिफ्ट हुन लागेका हुन् । सलमानको अहिले यो घरको तयारी भैरहेको छ । खान परिवारले पुरै टावर नै खरिद गरेको छ । मिडिया रिपोर्टका अनुसार सलमानले यही घरमा लुलियालाई भित्राउने तयारी गरेका छन् । सलमानले ग्यालेक्सी अपार्टमेन्ट भने तत्काल नवेच्ने भएका छन् । विगत ४० सालदेखि सलमान आफ्नो परिवारसहित यो अपार्टमेन्टमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?