+
+
Shares

१५ हजार घुससहित नापी अधिकृत पक्राउ

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७३ भदौ ३१ गते १२:३७

३१ भदौ, बुटवल । नगद पन्ध्र हजार घुससहित नापी कार्यालय भैरहवामा कार्यरत नापी अधिकृत गंगा प्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

akhtiyar-butwalआरोपी साहले सिद्धार्थनगर नगरपालिकाको कित्ता नंम्बर ३४०८ को दश धुर क्षेत्रफलको जग्गा र घरको हाल साविक गर्ने काम गरिदिन घुस मागेका थिए ।

साहले सेवाग्राहीसँग घुस मागेको भन्दै अख्तियार बुुटवल कार्यालयमा उजुरी परेपछि अधिकृत साहलाई रंगेहात पक्राउ गरेको हो ।

सूचनाका आधारमा उनलाइ आयोगको बुटवल स्थित कार्यलयबाट खटिएको टोलीले सिद्धार्थनगर नगर नगरपालिका ३, सिद्धार्थ गौतम कोलोनी स्थित सेवाग्राहीको घरबाट घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार कार्यालय बुटवलले जनाएको छ ।

उनीबारे थप अनुसन्धान भैरहेको अख्तियार पश्चिमाञ्चल कार्यालय बुटवलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?