Comments Add Comment

मधेसी मोर्चाले बुझायो डेढ करोड उपचार खर्चको विल

थप १६ जनालाई सहिद घोषणा गर्न दबाव

Bimalendra-Nidhi-and-Manish

२ असोज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले डेढ करोडको उपचार खर्चको विल सरकारलाई बुझाएको छ ।

मधेसी मोर्चाका नेताहरुले आइतबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचारमा खर्च भएको रकमको विल पेश गरेका हुन् । ‘विभिन्न व्यक्तिको ४२/४३ लाखको विल छ,’ सदभावना पार्टीका महासचिव मनिष सुमनले अनलाइनखबरसँग भने, ‘विभिन्न अस्पतालको झण्डै ९० लाख छ ।’

उनका अनुसार यो रकम मधेसी मोर्चालाई नभई सम्वन्धित अस्पताल र व्यक्तिलाई दिन आग्रह गरिएको छ । मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार वीर, शिक्षण, धरान, बिराटनगर र भैरहवा लगायतका अस्पतालमा भएको थियो । ति अस्पतालमा उपचार भएको रकम तिर्न बाँकी छ ।

यस्तै घाइतेहरुले आफ्नै खर्चमा गरेको उपचारको पनि विल सकारलाई बुझाइएको छ । जसमा शिक्षण अस्पतालमा उपचाररत श्रवण झाको झण्डै ५ लाख र भोगेन्द्र यादवको अझै ७ लाख रुपैयाँ छ ।

सहिद घोषणाका लागि दबाव

मधेसी मोर्चाले आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणाका लागि दबाव दिएको छ । यसअघि बुझाएको सूचीमा रहेका ६८ जना मध्ये ५२ जनालाई सहिद घोषणा गरिएको छ ।

बाँकीलाई सहिद घोषणा गर्न भनिएको सुमनले बताए । यो सूचीमा वीरगञ्जमा मारिएका भारतीय नागरिक आशिष राम र महोत्तरीमा आत्महत्या गरेका एक व्यक्ति पनि छन् ।

यस्तै आन्दोलनका क्रममा अंगभंग भएकाहरुको सूची पनि गृहमन्त्रीसमक्ष पेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment