+
+

लिखित पत्र दिएर डा. केसीको अनसन रोक्ने सरकारको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ३ गते १०:४५

govinda kc (2)

३ असोज, काठमाडौं । सरकारले प्रा. डा. गोविन्द केसीलाई लिखित पत्र दिएर आमरण अनसन रोक्ने प्रयास थालेको छ ।

शिक्षण अस्पतालका प्रा. डा. केसीले आफ्ना माग सम्बोधनका लागि सरकारलाई असोज २ गतेसम्मको अल्टिमेटम दिएका थिए । र, उनी आज दिउँसो पत्रकार सम्मेलनमार्फत नवौं आमरण अनसन सुरु गर्ने तयारीमा छन् ।

सरकारले भने डा. केसीसँग भएको सहमति कार्यान्वयन भइरहेको प्रगतिबारे जानकारी गराउने र अनसन रोक्ने प्रयास थालेको छ ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण अघि नै शिक्षा र स्वास्थ्यमन्त्रीसहितको बैठक राखेर डा. केसीको माग सम्बोधनका लागि चारबुँदे निर्णय गराएका थिए । त्यसअनुसार चिकित्सा शिक्षा ऐन सदनमा पेश भइसकेको छ भने स्वास्थ्य मन्त्रालयले मनमोहन अस्पताल खरिदसम्वन्धी प्रक्रिया थालेको छ ।

तर, डा. केसीले भने सरकारको निर्णय लिखित रुपमा नआएको भन्दै कसरी विश्वास गर्ने भन्ने प्रश्न गरेका छन् । łमौखिक रुपमा मैले पनि सुनेको र पढेको हो । तर, मलाई कुनै लिखित जानकारी आएको छैन,’ डा. केसीले अनलाइनखबरसँग भने, हेरौं साँझसम्म के हुन्छ । त्यसपछि म आफ्नो कुरा भन्छु ।’

डा. केसीले लिखित प्रतिवद्धता खोजेपछि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाटै पत्र पठाउने तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री प्रचण्डससँग छलफल भइसकेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।

लिखित पत्र आएमा डा. केसी अनसन स्थगित गर्न सहमत हुनसक्ने उनका सहयोगीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?