Comments Add Comment

कामका लागि विदेशिने नेपालीको संख्या घटेको घट्यै

Golf-country, Baideshik Rojgari
४ असोज, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या लगातार घट्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो दुई महिना वैधानिक रुपले अन्तिम श्रम स्वीकृति लिएर ६४ हजार नेपाली विदेश गएका छन् । तर, यो संख्या अघिल्लो महिनाहरुभन्दा न्युन हो भने गतवर्षको तुलनामा पनि कम हो ।

गतवर्ष साउन भदौमा म्यानपावरले कामदार विदेश पठाउन छाडेर फ्री भिसा विरुद्ध उत्रिँदा पनि विदेश जानेको संख्याा यो वर्षको सोही भन्दा बढी थियो । गत वर्षको साउन तथा भदौमा ७४ हजार नेपाली विदेशिएका थिए । यसवर्ष झण्डै दुईमहिनाको तुलना गर्दा १० हजार कम कामदार विदेशिएका छन् ।

मलेसियामा जाने कामदारको संख्या तीब्र गिरावट आउनु, साउदीसहित खाडी राष्ट्रमा आर्थिक संकट बढ्नु लगायतका कारण विदेशिने नेपालीको संख्यामा गिरावट देखिएको हो ।

वैदेशिक रोजगार विभागको कार्यालय काठमाडौंका अनुसार अनुसार साउन र भदौ महिनामा मात्रै ६४ हजार ७ सय ६४ जनाले श्रम स्वीकृति लिई विदेश गएका छन् ।

साउन महिनामा ३१ हजार ९ सय ८५ जना विदेशिएका छन् । गतवर्ष साउनमा ३७ हजार ७ सय ५६ जना विदेशिएका थिए ।

भदौ महिनामा ३२ हजार ७ सय ७९ जना विदेश श्रम स्वीकृत लिई विदेश पलायन भएका छन् । गतवर्ष भदौमा ४० हजार २ सय ७५ जनाले विदेशमा काम गर्न जान स्वीकृति पाएका थिए ।

भदौ र साउनमा ६१ हजार पुरुष र २९ सय ३२ जना महिला कामदार विदेशिएका छन् । नेपालबाट वैधानिक श्रम स्वीकृति लिएर १ सय १० भन्दा बढी मुलुकमा कामदार रोजगारीका लागि जान पाउँछन् । नेपाली कामदारको मुख्य गन्तव्य मुलुकमा मलेसिया, साउदी, कतार, दुबई, ओमन, कुबेत, बहराइन हो ।

नयाँ आर्थिक वषको सुरुवातमा पनि विदेश जाने कामदारको संख्यामा सुधार हुन सकेन । बितेको असारमा पनि ३२ हजार कामदार विदेशिएका थिए । साउनभन्दा भदौमा विदेश पलायन हुनेको संख्या पनि ७ सय ९४ जनाले बढेको छ । साउन र भदौ महिनामा १ लाख ८५ हजार १ जनाले पूर्वस्वीकृति लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment