+
+

लालटिन बालेर ‘लालटिन’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ४ गते १८:०९

laltin audio bimochan
चैत्र १८ गतेलाई प्रदर्शन मिति तोक्दै चलचित्र ‘लालटिन’को फस्टलुक सार्वजनिक गरिएको छ । मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको टीजर, पोस्टर र गीत प्रस्तुत गरिएको थियो ।

यो चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् भने भानु प्रताप यसका निर्माता हुन् । चलचित्रले सहरी गुण्डागर्दी, सुरक्षा, ग्याङस्टार र एक्सनको कथालाई उठान गरेको छ । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, भानु प्रताप, राज कटुवालको मुख्य भूमिका छ । laltin poster

चलचित्रका मुख्य कलाकारले लालटिन बालेर पत्रकार सम्मेलनको सुरुवात गरेका थिए । नायिका कार्कीका अनुसार चलचित्रले सामाजिक सन्देश दिनेछ । चलचित्रमा हरि लामाको छायांकन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी, भानु र किरणको कथा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?