८ असोज, काठमाडौं । मेलम्चीबाट जिरोकिलोसम्म दैनिकजसो मोटरसाइलमा ओहोरदोहोर गर्ने रेडियो मेलम्चीका पत्रकार देवराज सुवेदी शुक्रबार जिरो किलोदेखि मेलम्ची जाँदै गर्दा चकित परे ।
अघिल्लो दिनसम्म भैसी नै डुव्ने खाडल सडकमा भए पनि शु्क्रबार भने सडकमा कतै पनि खाडल भेटाएनन् उनले ।
रातारात ग्राभेल गरेर जिरो किलोदेखि मेलम्चीसम्मको सडक दुरुस्त पारिएको आजको राजधानी दैनिकमा समाचार छ ।
सडक दुरुस्त बनाएपछि अखरु बेला मेलमचीसम्म पुग्न तीन घण्टा बढी समय लाग्ने गरे पनि शुक्रबार भने उनी आधा घण्टामै पुगे ।
मेलम्ची पुगेपछि सुवेदी भन्दै थिए, ‘प्रधानमन्त्री आउँदा त सडक यस्तो भयो भने राष्ट्रपति आउँदा कस्तो होला ! सधै यस्तै भ्रमण भइरहोस् ।’
प्रधानमन्त्री प्रचण्ड मेलम्ची खानेपानीको स्थलगत अवलोकन गर्न भन्दै हिजो त्यसतर्फ गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4