+
+
Shares

क्यानडाका अर्बपति नेपाली जेलमा

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ८ गते ६:५३

jail८ असोज, काठमाडौं । अर्नेष्ट फेनविक म्याकन्टोस क्यानडाको न्याय प्रशासनमा निकै चर्चित नाम हो ।

उनै म्याकन्टोसका कारण तीन वर्षअघि त्यहाँका प्रान्तीय कानुनमन्त्रीले राजीनामा दिनुपरेको थियो । तिनै ७२ वर्षीय म्याकन्टोस २० महिनादेखि नेपाली जेलमा छन् ।

राम्रेा काम गरेर उनले क्यानडामा चर्चा कमाएका भने होइनन् । बाल यौनदुराचार र न्यायालयमा पैसाको धाकले प्रभाव जमाएका कारण उनले क्यानडामा हंगामा मच्चाएका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

अर्वपति व्यापारी भएर पनि बाल यौनदुराचार मुद्दाका कारण उनी कुख्यात भएका थिए । जघन्य अपराधमा समेत क्यानडा अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि ठूलै विवाद गलेको थियो ।

तिनै म्याकोन्टोस ४ पुस २०७१ मा ललितपुरबाट पक्राउ परेका थिए । ललितपुर जिल्ला अदालतले उनलाई सात वर्ष कैद सजाय सुनाएको छ ।

पुल्चोकस्थित क्याफे ब्राजिल गेष्टहाउमा बस्दै आएका उनले विभिन्न प्रलोभनमा बालकहरुलाई आफ्नो कोठामा लैजाने र अप्राकृतिक मैथुन गर्ने गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?