Comments Add Comment

अवतरणका क्रममा यती एयरलाइन्सको विमान दुर्घटना, सबै यात्रु सकुशल

yeti-airlines-crash

८ असोज, भैरहवा । यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । विमानमा सबै यात्रु सकुशल छन् ।

नाइन एन एआईबी कलसाइन भएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । रन वे छोडेर निक्कै पर पुगेको विमानको नोजमा क्षति पुगेको छ भने चक्का भाच्चिएको छ ।

yeti-airlines-crash-1

विमानमा २९ यात्रु र चालक दलका तीन सदस्य गरी ३२ जना सवार थिए । उनीहरु सबै सकुसल रहेका छन् । विमान दुर्घटनामा परेको खबर आए लगतै प्रहरीले एम्बुलेन्स पनि पठाएको थियो ।

तर, ठूलो चोटपटक कसैलाई नलागेको पाइएको छ । यात्रु तथा चालक दलका सदस्यहरूलार्इ प्रहरीले उद्दार गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

अवतरण गर्ने क्रममा जहाजमा ब्रेक नलागेको र पश्चिमतर्फ रन वेदेखि अन्दाजी १५० मिटर खाली जमिनमा गएको अधिकारीहरूले बताएका छन् ।

yeti-airlines-crash-4

yeti-airlines-crash-2

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment