२९ वैशाख, काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि नयाँ शुल्क निर्धारण गरेको छ ।
शैक्षिक सत्र २०७७/७८ का लागि नयाँ शुल्क कायम गरिएको आयोगले जनाएको छ । जसअनुसार अब एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ निर्धारण गरिएको छ भने उपत्यकाबाहिरका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ तोकिएको छ ।
यस्तै आयोगले बीडीएस अध्ययनका लागि २० लाख १९ हजार ५८० रुपैयाँ शुल्क कायम गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4