Comments Add Comment

नयाँ सरकार बनाउन माधव समूहको सहयोग खोज्ने कांग्रेसको निर्णय

कांग्रेस पदाधिकारीको फाइल तस्वीर ।

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि जसपासँगै नेकपा एमालेको असन्तुष्ट पक्षको सहयोग खोज्ने भएको छ ।

कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले राष्ट्रपतिले दिएको समयसीमाभित्र दुई वा दुईभन्दा बढी दलको सरकार गठनको प्रयास गर्ने निर्णय गरेको छ । त्यसका लागि सिंगो जसपाका साथै एमालेको असन्तुष्ट समूहको पनि सहयोग जुटाउन प्रयास गर्ने कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत छ भने जसपाका अध्यक्ष उपेन्द्र यादव पनि तयार छन् । डा. महतले भने, ‘समग्रमा जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भने चाहन्छौं त्यसका लागि हाम्रो सम्पूर्ण प्रयत्न हुन्छ ।’

तीन दल एकठाउँमा आए स्वत: बहुमत पुग्ने र त्यसो नभए अरु तरिका पनि रहेको उनले बताए ।

एमालेभित्र पनि असन्तुष्ट रहेको र माधवकुमार नेपाल समूह मतदानमा सहभागी नभएको भन्दै उनले भने, एमालेभित्र पनि असतुष्टि छ, उहाँहरु पनि केही निर्णयमा पुग्न सक्नहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment