+
+
Shares

राष्ट्रियसभा निर्वाचनमा खिमलालले पाए कलम चुनाव चिह्न

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १९:३१

२९ वैशाख, काठमाडौं । वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार डा. खिमलाल देवकोटाले कलम चुनाव चिह्न पाएका छन् । बुधबार उम्मेदवारलाई निर्वाचन चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका थियो ।

उपनिर्वाचनमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङले आफनै दलको चुनाव चिह्न क्रमश सूर्य र मादल पाएका छन् ।

तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका देवकोटाले कलम चुनाव चिह्न माग गरेका थिए । उनले माग गरेअनुसार नै निर्वाचन अधिकृतको कार्यालले चुनाव चिह्न दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?