Comments Add Comment

दार्जीलिङमा तनाव, सिक्किममा समेत बन्दको प्रभाव

कालेबुङमा मन्त्रीले बन्दको विरोधमा र्‍याली निकाले

Darjeeling१३ असोज, झापा ।  पश्चिम बंगालअन्तरगतको दार्जीलिङमा फेरि राजनीतिक तनाव देखिएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले कालिम्पोङको एउटा सभामा दिएको अभिव्यक्तिपछि पहाडमा तनाव देखिएको हो ।

मुख्यमन्त्री बेनर्जीको अभिव्यक्तिको विरोध गर्दै बुधबार दार्जीलिङ बन्दको घोषणा गरिएको थियो । १२ घण्टे दार्जीलिङ कन्दको घोषणासँगै खर्साङ, निरिक र कालिम्पोङ मात्रै होइन, सिक्किमको गान्तोकसमेत प्रभावित बन्यो ।

कालिम्पोङ पुगेकी ममताले गोर्खाल्याण्ड पार्वत्य परिषद (जीटीए) ले ४ हजार करोड रुपैयाँ दिँदा पनि विकास गरेर देखाउन नसकेको बताएपछि पहाडमा तनाव भड्किएको हो । ममताले अहिलेसम्मको हिसाब सार्वजनिक नगरिए दार्जीलिङलाई दिँदै आएको बजेटसमेत कटौती गरिने चेतावनी दिएकी थिइन् ।

ममताको यस्तो अभिव्यक्तिले गोरखालीहरुको अपमान गरेको भन्दै गोरखाल्याण्डका नेता विमल गुरुङले बन्दको आह्वान गरेका हुन् । गुरुङ कालिम्पोङमै छन् ।

गोर्खालीहरुले बन्दको आह्वान गरिरहँदा पश्चिम बंगाल सरकारका मन्त्री गौतम देव बन्द असफल पार्ने भन्दै कालेबुङ पुगेका थिए । त्यहाँ मन्त्रीले बन्दको विरोधमा र्‍याली निकाले ।

र्‍यालीलाई सम्बोधन गर्दै मन्त्री देवले पहाडमा बन्दको अवज्ञा हुनु ठूलो उपलब्धि भएको बताए । यसअघि विमल गरुङले बन्दको आयोजना नगर्ने भनेर फेरि बन्द घोषणा गरेको भन्दै उनले विमल गौतमले विहान एउटा कुरा र बेलुका  अर्कै कुरा बोल्ने गरेको आरोप लगाए ।

उनले विहीबार पनि तृणमुल कांग्रेसले कालेबुङमा सभा गर्ने बताए । मन्त्री देवले पहाडमा अब तानाशाही शासनको अन्त्य भएको बताएका छन् ।

उता गोर्खाल्याण्डका नेताहरुले चाँहि ममता ब्यानर्जी र उनको पार्टी तृणमुल कांग्रेसले गोरखालीमाथि फुटाउ र शासन गरको  नीति अपमान खोजेको बताउँदै जतिदिन बन्द गर्न पनि गोर्खालीहरु तयार रहेको चेतावनी दिएका छन् । पहाडमा मात्रै होइन तराईको डुबर्ससमेत बन्द गरेर देखाइदिने गोर्खाल्याण्डका नेताले चेतावनी दिएका छन् ।

ममता बेनर्जीको तृणमूल कांग्रेसको प्रभाव तराईमा मात्रै रहने गरेकोमा अब पहाडमा समेत उनका कार्यकर्ताहरु देखा पर्न थालेका छन् । यसले गर्दा पहाडमा गोर्खाल्याण्ड र तृणमूलवीच थप तनाव उत्पन्न सक्ने चिन्ता बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment