Comments Add Comment

पल र पूजाका लागि ‘म यस्तो गीत गाउँछु’मा विश्वको डिजाइन

ma yasto geet gauchu agrement
एक दशकदेखि फेसन डिजाइनमा सक्रिय विश्व गौतमलाई निर्माता तथा निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु’मा अनुवन्धित गरेका छन् । लभ स्टोरी चलचित्र निर्माणमा सफल मानिएका निर्देशक थापा यसपटकको प्रोजेक्ट विशेष बनाउने धुनमा कस्सिएका छन् । उनको यो मेकिङ स्टाइल संभवत ‘प्रेमगीत २’सँगको प्रतिस्पर्धा पनि हुनसक्छ ।

नेपाली चलचित्रका नायिकाको रोजाइमा समेत पर्ने गरेका विश्वले थुप्रै अन्तरराष्ट्रिय स्तरका र्‍याम्प र फेसन शोमा डिजाइन गरिसकेका छन् । उनले पहिलो पटक चलचित्रका लागि फेसन डिजाइन गर्न लागेका हुन् । विश्वले आफूले राम्रो ब्यानर र निर्देशकको प्रतिक्षा गरेको भन्दै बल्ल इच्छा पुरा भएको बताए । सुदर्शनकै आग्रहमा विश्वले चलचित्र ‘प्रेमगीत’को पोष्टर पिक्चरका लागि नायिका पूजा शर्मा र नायक प्रदिप खड्काका लागि डिजाइन गरेका थिए ।

चलचित्र ‘म यस्तो गीत गाउँछु’मा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका रहनेछ । तिहार लगतै छायांकनमा जाने यो चलचित्र पूर्ण रुपमा प्रेमकथामा निर्माण हुनेछ । चलचित्रमा सरोज खनाल, राजाराम पौडेल, नविन मानन्धर लगायतको पनि अभिनय रहनेछ । दिनेश न्यौपानेको कथा रहेको यो चलचित्रको प्रदर्शन मिति अहिले तय भैसकेको छैन । तर, सुदर्शन चलचित्रलाई कलरफूल बनाउने कोशिशमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment