Comments Add Comment

शाओमी ‘रेडमी नोट ४’ नेपाली बजारमा

xaomi-redmi-note-4
१४ असोज, काठमाडौं । शाओमी नयाँ स्मार्टफोन ‘रेडमी नोट ४’ नेपाली बजारमा आउने भएको छ । शाअोमीको नेपालको लागि आधिकारीक विक्रेता वत्सल इम्पेक्स प्रालीले कम्पनीको ल्याउने भएको छ । कम्पनीले ‘रेड मी नोट ४’ अर्को सातादेखि उपभोक्ताले खरिद गर्न पाउने जनाएएको छ ।

यो स्मार्टफानेमा ५.५ इन्च डिस्प्ले छ । ३ जीबी र्‍यामको साथमा ६४ जीबी इन्टरनल स्टोरेज क्षमता छ । साथै १३ मेगापिक्सल रियर क्यामेरा र सेल्फीका लागि ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा सेट गरिएको छ ।

मेटल बडी भएको यो स्मार्टफोनमा फिङ्गर सेन्सर, दुई सिम लाग्ने र फोर जी सर्पोट गर्ने कम्पनीको दाबी छ ।

साथै ४१०० एमएएच पावरको ब्याट्री सेट गरिएको छ । मूल्य भने सार्वजनिक भएकै दिन तोकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment