Comments Add Comment

सलमानलाई पाकिस्तान जान शिवसेनाको धम्की

salman khan
बलिउड यतिबेला दोधारमा छ । बलिउडका कलाकार सधै नै आफ्नो बोलीका कारण राजनीतिक दलका नेताबाट आरोप खेप्न वाध्य छन् । बलिउडमा काम गर्नबाट पाकिस्तानी कलाकारलाई प्रतिवन्ध लगाइएपछि अहिले यसले तरंग ल्याइरहेको छ । पाकिस्तानी कलाकारको समर्थनमा धेरै बलिउडकर्मी उत्रिएका छन् । पाकिस्तानी कलाकारको समर्थन गर्ने बलिउड कलाकार राजनीतिक दलको निशानामा परेका छन् ।

शुक्रबार नायक सलमान खानले ‘पाकिस्तानी कलाकार आतंकवादी होइनन्’ भन्दै उनीहरुको बचाउ गरेका थिए । त्यही वचाउ नै अहिले सलमानका लागि भारी परेको छ । शिवसेना पार्टीले सलमानलाई भारत छाडेर पाकिस्तान जान धम्की दिएको छ । सलमानको बयान गैह्र जिम्मेवारीपूर्ण भएको भन्दै शिवसेनाले पाकिस्तान गएर बस्न भनेको छ । यतिमात्र होइन, सलमानलाई पनि केही न केही गर्नुपर्ने धम्कीपूर्ण भाषा शिवसेनाबाट आएको छ ।

यता, पाकिस्तानी कलाकारलाई भारत छाड्न धम्की दिने एमएनएस पार्टीका अध्यक्ष राज ठाकरेले सलमानलाई पाकिस्तानी गएर अनुमती लिएर काम गर्न भनेका छन् ।

योसँगै नायक सलमान खान पनि विवादमा मुछिने र मुस्किलमा पर्न सक्ने संभावना बढेको छ । यसअघि विभिन्न बयानका कारण, साहरुख खान, आमिर खान जस्ता स्टारलाई शिवसेनाले भारत छाडेर पाकिस्तान जान चेतावनी दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment