१६ असोज, काठमाडौं । स्टोकले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडलाई बराबरीमा रोकेको छ ।
आइतबार भएको खेलमा युनाइटेड र स्टोकले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा युनाइटेडले विपक्षीको पोष्टमा २४ प्रहार गरेको थियो, जसमध्ये नौ सही दिशामा थिए ।
तर, खेलको अन्त्यतिर गोल खाँदै बराबरीमा रोकिएको छ । जाल्टन इब्राहिमोभिच मौका चुकाए भने पल पोग्बोको प्रहार बारमा लागेर फर्किएको थियो ।
खेलमा म्यानचेष्टर युनाइटेडले ६९ औं मिनेटमा मार्टिलको गोलबाट अग्रता लिएको थियो । यो उनको सिजनको पहिलो गोल हो ।
तर, ८२ औं मिनेटमा जोए एलेनले बराबरी गोल गर्दै स्टोकलाई महत्वपूर्ण एक अंक दिलाएका छन् । स्टोकले यो सिजन मात्र एक खेल जितेको छ ।
प्रतिक्रिया 4