Comments Add Comment

‘एनएस क्वालिटी अवार्ड-२०१५’ जगदम्बा स्टीललाई

jagadamba steel ns
१७ असोज, काठमाडौं । गुणस्तर तथा नापतौल विभागले गुणस्तरमा प्रदान गर्ने एनएस क्वालिटी अवार्ड-२०१५ को उपाधि जगदम्बा स्टीलले पाएको छ । विभागले सोमबार सो अवार्ड वितरण गरेको हो ।

त्यसैगरी, फिल्टर एण्ड क्यान्डिल उद्योग र जगदम्बा सिमेन्ट विभागले प्रदान गर्ने लेटर अफ एप्लिकेशन अवार्डले सम्मानित भएका छन् ।

उद्योममन्त्री नविन्द्रराज जोशी र विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले संयुक्तरुपमा अवार्ड प्रदान गरे ।

सो अवसरमा उद्योगमन्त्री जोशीले एमएस अवार्ड प्राप्त गर्नेहरुलाई बजारमा अझै गुणस्तरीय सामान प्रदान गर्ने चुनौति थपिएको बताए ।

उनले एमएस क्यालिटी अवार्ड प्रदानलाई अझै प्रवाकारी बनाउने बताउँदै उद्योगीहरुलाई सामानको गुणस्तर, मूल्य, तौलमा कुनैपनि कम्प्रमाइज नगर्न आग्रह गरे ।

‘फाटफुट्ट सामानमा गुणस्तर कम गर्दै गुण्स्तरहिन सामान उत्पादन गरेर उपभोक्तामा पुर्‍याउनु भन्दा गुणस्तरीय सामान उपभोक्तामाझ पुर्‍याउने तपाईहरुको दायित्व हो, त्यसलाई ख्याल गर्नुहोस्,’ मन्त्री जोशीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment