Comments Add Comment

नेहाको शरीरले आकर्षित नगरेपछि करणले अस्विकार गरेका थिए बिहे प्रस्ताव

karan and neha dhupiya
बलिउडमा नायिका नेहा धुपियाको अहिले खासै चर्चा छैन । तर, जतिबेला चलचित्र ‘शिशा’मा बोल्ड अवतारमा उनी प्रस्तुत भएकी थिइन्, त्यतिबेला उनको उचाई बलिउडमा खुबै थियो ।

१० बर्ष अगाडि नेहाले बलिउडमा चलचित्र चल्नका लागि ‘सेक्स र साहरुख खान’ चाहिने बताएकी थिइन् । १० बर्षपछि पनि उनले यो कुरालाई दोहोर्‍याएकी छिन् । नेहाले भनिन्-‘अहिले पनि चलचित्र चल्नका लागि सेक्स र साहरुख नै चाहिन्छ ।’

नेहा ‘नो फिल्टर नेहा’ नामक शोका साथ आउँदैछिन् । अडियोमा प्रशारण हुने यो शोमा बलिउडका चर्चित कलाकारका भित्री रहस्य खोतल्ने प्रयासमा उनी छिन् ।

उनै नेहाले आफ्नो शोमा निर्माता तथा निर्देशक करण जोहरका केही भित्री रहस्य खोतलेकी छिन् । करणले आफूले २६ बर्षको उमेरमा भर्जिनिटी गुमाएको बताएका थिए ।

कुराकानीको क्रममा नेहाले आफूलाई ३ पटक बिहेको प्रस्ताव राखेको समेत करणको भनाई छ । तर, करणले ‘नेहाको शरीरको कुनै पनि अंगले आफूलाई आकर्षित नगर्ने’ भन्दै बिहे प्रस्ताव अस्विकार गरेका थिए । नेहाले यो कुरा आफ्नो शोमा पनि बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment