+
+

यी नायिका र गायिकालाई दशैंमा केके मन पर्दैन ?

कलाकारको नजरमा दशैंका राम्रा र नराम्रा पक्ष

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २५ गते ८:३१

काठमाडौं । दशैं मनाउन सबै नेपालीहरु घर-घरमा व्यस्त छन् । दशैं नेपालीहरुको महान् र ठूलो पर्व हो, जसका रमाइला पक्षहरु धेरै छन् । हामीले नेपाली चलचित्र र सांगीतिक क्षेत्रका केही कलाकारलाई दशैको रमाइला र नरमाइला पक्ष के-के होलान् भनेर सोधेका छौं

काटमार फिटिक्कै मन पर्दैन

keki
केकी अधिकारी (नायिका)
मलाई दशैं भन्नेवित्तिकै आफैमा रमाइलो लाग्छ । मुख्यतः यो चाडको रमाइलो भनेको लामो समयदेखि भेटघाट नभएका आफन्तसँग भेट्न पाउनु हो ।

यस्तै, बर्ष दिनभरि काम गरेर थाकिएको हुन्छ, आफन्त र परिवारलाई समय दिन पाइँदैन । यो चाडमा भने परिवार र आफन्तसँग समय बिताउन पाइन्छ । यो निकै रमाइलो छ ।
दशैंले काटमारलाई प्रोत्साहन दिन्छ । दशैंमा काटमार भएको मलाई फिटिक्कै मन पर्दैन ।

जुवातास खेल्नु नराम्रो पक्ष
Nita Dhungana (5)
नीता ढुंगाना (नायिका)

मलाई दशै पर्व निकै रमाइलो लाग्छ । यसमा रमाइलो पक्ष भनेको ठूलाबडाको हातबाट टीका लगाउन पाइन्छ । आर्शिवाद थाप्न पाइन्छ । यस्तै, लामो समयदेखि नभेटेका इष्टमित्र र आफन्त अनी साथीभाइलाई भेट्न पाइन्छ ।

यसको नरमाइलो पक्ष भनेको काटमार हो । जनावर काटेको मलाई खास मनपर्दैन । यस्तै, मानिसहरु जुवा तास खेल्छन्, पैसा सक्छन् । यो पनि दशैको नराम्रो पक्ष हो जस्तो लाग्छ ।

दशैंमा देखासिखी मन पर्दैन
Juna-Prasain
जुना प्रसाई (गायिका)

मलाई यो चाडको मुख्य रमाइलो पक्ष भनेकै पारिवारिक भेटघाट नै हो । परिवारसँग भेटघाट गरेर रमाइलो गर्न पाउने भएकाले दशै विशेष मनपर्छ ।
यसको नराम्रो पक्ष भनेकै अनावश्यक देखासिकी हो । अरुको हेरेर, देखेर मानिसहरु अनावश्यक खर्च गर्न खोज्छन् । जुवातास खेल्ने काम पनि मलाई मनपर्दैन । पशु जसरी काटमार गरिन्छ, यसको अर्को नराम्रो पक्ष हो ।

काठमाडौंको सुनसान दिक्क लाग्छ

mala-limbu-hot
माला लिम्बु (नायिका)
दशैंको रमाइलो भनेकै आफ्ना आफन्तसँग लामो समयपछि हुने भेटघाट नै हो । अर्कोकुरा, दशैमा मिठो मिठो खाइन्छ । हुनत, सधै नै मीठो नै खाइन्छ । दशैंको नरमाइलो भनेको, काठमाण्डौ सुनसान हुन्छ । यसैले, काठमाण्डौमा बस्न निकै दिक्क लाग्छ ।

म त रमाइलो रमाइलो कुरामात्र देख्नु

rista basnet
रीस्ता बस्नेत (नायिका)

दशैंको रमाइलो त असोज महिना लागेपछि नै सुरु हुन्छ । दशैंमा लाग्ने घामको मनमोहकता नै छुट्टै हुन्छ । यसमाथि साथीभाइ र आफन्तसँगको भेटघाटले मन प्रफुल्लित बनाउँछ ।
दशैंको स्पेशल मासु पनि हो । बर्षौदेखि भेट नभएका आफन्तसँग भेट्न पाउनु यसको राम्रो पक्ष हो । दशैंमा खेलिने तास पनि एकदमै विशेष लाग्छ मलाई । अरु बेला तास खेल्नु र दशैंमा खेल्नुमा फरक छ ।
दशैंका नरमाइला पक्ष पनि छन् । काठमाण्डौ सुनसान हुँदा भने कस्तो कस्तो लाग्छ । तर, म त दशैंमा रमाइलो नै रमाइलो कुरा मात्र देख्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?