Comments Add Comment

सरकारसँग संविधान संशोधनको एजेण्डा छैनः ज्ञवाली

२६ असोज, काठमाडौं । नेकपा एमालेका सचिव युवराज ज्ञवालीले संविधान संशोधन गर्न सरकारले पहिला एजेण्डा तय गर्नुपर्ने बताएका छन् । उनले कुन कुन धारामा संशोधन गर्नुपर्ने भन्नेबारे सरकार स्पष्ट हुनुपर्ने बताए ।

Yubaraj-Gyawaliबुधबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा एमाले सचिव ज्ञवालीले सरकारले एजेण्डा विना नै संविधान संशोधनको सवाल उठाईएको बताए ।

संविधानमा निहित कुन व्यवस्थाको के कसरी संशोधन गरिने भन्ने स्पष्ट एजेण्डा कुनै पनि दलले अघि नसारेको ज्ञवालीको भनाइ थियो ।  संविधान संशोधन गर्दै जाने विषय भएपनि त्यसबारे आवश्यक तयारी गरिनुपर्ने ज्ञवालीको भनाइ थियो ।

तीन तहको निर्वाचनको कार्यतालिका सहित संविधान संशोधनको एजेण्डा सरकारले नै ल्याउनुपर्नेमा उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment