Comments Add Comment

भारतको जम्मू कश्मिरमा सेना र चरमपन्थीवीच ५० घण्टा गोली हानाहान

pampore_indian army२६ असोज, काठमाडौं । जम्मु काश्मिरको पपोर क्षेत्रमा सुरक्षा बल तथा एक भवनमा लुकेका चरमपन्थी हमलाकारीबीच  ५० घण्टा लामो दोहोरो गाली हानाहान भएको छ ।

भारतीय समाचार माध्यमहरुका अनुसार सेना सात तले भवन भित्र प्रवेश गरेको छ । र, दुई जनालाई मारेको छ । अन्यको खोजी भइरहेको जनाइएको छ ।

सुरक्षा बलले मंगलबार राति एक आतंकवादीलाई मारेका थिए भने अर्का एकलाई आज गोली लागेको थियो । सेनाले भवनमा अन्य दुई जना लुकेकेा हुनसक्ने बताएको छ । र, खोजी कार्य जारी रहेको छ ।
मुठभेडमा सेनाले ५० रकेट, मेसीनगन तथा सयौं ग्रीनेडको प्रयोग गरेको छ ।

दोहोरो भिडन्तको सुरुमा एक सैनिक जवान घाइते भएका थिए । त्यसपछि सर्जिकल स्ट्राइकमा संलग्नसैनिकलाई उक्त स्थानमा उतारिएको बीबीसीले जनाएको छ ।

indian army2मुठभेड श्रीनगरबाट १५ किलोमिटर टाढा इन्टरपि्रन्योर डेभलप्मेन्ट इन्स्टीच्युटको भवनमा भएको हो । जहाँ युवा कश्मिरीलाई भोकेशनल पाठ्यक्रमको प्रशिक्षण दिने गरिएको थियो । विगत तीन महिना देखि उक्त केन्द्र बन्द रहेको छ।

सैनिक सूत्रका अनुसार तेस्रो हमलाबरको तलाश अव सकिएको छ । तर सेनाका जवान सात तले भवनभित्र लगाइएको विस्फोटक पदार्थ निष्क्रिय पार्न लागिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment