Comments Add Comment

कपिलवस्तुमा हिन्दु र मुसलमानले संयुक्त रुपमा गरे नौटंकी कार्यक्रम

२७ असोज, कपिलवस्तु । कपिलवस्तुका हिन्दु र मुस्लीमहरुले यस बर्ष दशै र मोहरम सँगसँगै परेकोले समाजमा सद्भाव कायम होस भन्दै सांस्कृतीक कार्यक्रम नौटंकी कार्यक्रमको अयोजना गरेका छन् ।

nautankiकपिलवस्तुको शिवराज नगरपालिका पिपरीमा हिन्दुहरुको महान पर्व विजय दशमी र मुस्लीमहरुको मोहरम पर्वको अवसारमा सास्ंकृती कार्यक्रम नौटंकी कार्यक्रम अयोजना गरीएको हो । आफ्नो संस्कृती,कला, संरक्षण गर्नका लागि नौटंकी कार्यक्रमको अयोजना गरिएको छ ।

गएराति पिपरीका स्थानीयहरुको सक्रियतामा नौटंकी कार्यक्रमको अयोजना गरीएको हो । रातभरी अवधी भाषा, नेपाली भाषा, हिन्दी भाषा र भोजपुरी भाषाका भजन विराह, पुराण पुराणका गीतहरुरु गाउँदै  मनोरन्जन  गरिएको स्थानिय राज कुमार ठाकुरले बताए ।

सबैमा आत्मीयताको अभावहोस भन्दै सांस्कृतीक कार्यक्रम नौटंकी अयोजना गरीएको पिपरीका असगार अलीले बताए ।

नौटंकी नाच कार्यक्रममा पुरुषहरुले महिलाको पहिरनमा सजिएर नित्य गर्ने,पुराना गित भजनहरु गाउने, जोकरको भुमिका निर्वाह गरेर सबैलाई हसाउने समेत गरिन्छ ।

नौटंकी परापुर्वकाल देखी चल्दै आएको पराम्परा जर्गेन अहिले पिपरीवासी जुटेका छन । कपिलवस्तुको धर्मनगरमा रहेको जय श्रीराम संगित एवम् ड्रामा पाटीका कलाकरहरुले नौटंकीमा आफ्नो कला देखाएको जिमदार यादवले बताए ।

्नौटकी कार्यक्रममा नगारा, ढोला, तासा, हार्माेनियम लगायतका बाजाका बजाइन्छ । सो नौटकी कार्यक्रमका नेपालका नेताहरुको हस्याव्याङय मर्फत देश विकासमा होमिन आग्रह गरेको रुद्रपुरका विस्मील्ल्लाह मुसालमानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment