Comments Add Comment

फरक-फरक प्रदेशमा अब हरेक बर्ष अवार्ड

nepali award
नेपालमा भइरहेका विभिन्न चलचित्र अवार्डले विश्वसनियता कायम गर्न नसकेको बेला अर्को एक संस्थाले नेपालमै अन्तराष्ट्रिय स्तरको अवार्ड गर्ने योजना बनाएको छ ।

अखिल नेपाल चलचित्रकर्मी संघले आउँदो पौष २७ देखि माघ २ गतेसम्म अन्तराष्ट्रिय फिल्म फेष्टिभल ‘इफान’ अवार्ड गर्ने भएको छ । १ नम्बर प्रदेशवाट अवार्ड सुरु गर्ने योजनामा रहेको आयोजक संस्थाले हरेक वर्ष छुट्टा छुट्टै प्रदेशमा कार्यक्रम गर्ने भएको छ ।

‘हामी हरेक प्रदेशमा पालै पालो फिल्म फेष्टिवल गर्छौं’ आयोजक मध्येका केपी पाठकले भने । नेपालको भौगोलिक महत्वलाई ध्यान दिदै हिमाल, पहाड मधेशलाई समेटेर मुलुकका विशिष्ट स्थानलाई अन्तराष्ट्रिय स्तरमा प्रचार गर्ने पनि अवार्ड आयोजकको उद्देश्य छ ।

यस वर्ष गरिने महोत्सवमा एक हजार अमेरिकी डलरको गौतम बुद्ध, ५०० डलरको माउन्ट एभरेष्ट र ३०० डलरको रारा पुरस्कार राखिएको छ । आयोजक संस्थाले जुन प्रदेशमा अवार्ड गर्ने हो त्यही प्रदेशको बिशिष्ट ब्यक्तिको नाममा पनि पुरस्कार स्थापना गरेको छ ।

धरानमा हुने महोत्सवमा ५० हजार नेपाली रुपैंयाको श्रीजङ पुरस्कार, ३० हजारको रामप्रसाद राई र २० हजारको चतुरमान राजबंशी पुरस्कार ब्यबस्था गरेको छ ।

यो महोत्सबमा विश्वका जुनसुकै देशका चलचित्रले सहभागी हुन पाउने छन् । अनलाइनबाट आवदेन दिन सकिने आयोजक संस्थाले जनाएको छ । नेपाली चलचित्रकर्मीले बागबजारमा रहेको संघको कार्यालयवाट पनि सहयोग लिन सक्ने छन् ।

मौलिक फिल्मलाई अवार्ड दिने उेद्देश्यले फिल्म फेष्टिभल गर्न लागेको भन्दै आयोजक संस्थाले मौलिक फिल्मलाइ सहभागीता गराउन आम निर्देशकलाई आग्रह गरेको छ । संघले यसअघि रोल्पामा फिल्म वर्कसप गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment