+
+

स्वीडेन कसरी बन्यो जिहाद निर्यातक देश ?

बीबीसी हिन्दीको सहयोगमा बीबीसी हिन्दीको सहयोगमा
२०७३ असोज ३० गते १४:०४

Jihadi

स्वीडेन एक शान्त र लोकतान्त्रिक मुलुक हो । र,संकटमा फसेका थुप्रै मुलुकका नागरिकले त्यहाँ शरण पाइरहेका पनि छन् ।

यसको बाबजुद पनि यहाँ आएर शरण लिनेमध्ये थुप्रै मानिसहरु आफ्नै मुलुक फर्किरहेका छन् । यहाँबाट तीन सय भन्दा बढी मानिस इराक र सिरियामा युद्ध गर्नका लागि पुगेका छन् ।

युरोपमा प्रतिव्यक्तिको हिसावमा सबैभन्दा बढी जिहादी निर्यात गर्ने मुलुकमा स्वीडेन अग्रपंक्तिमा आउँछ ।

स्वीडेनको दोस्रो ठूलो शहर गोटेनबर्गको एक भवनको भुइतलामा बीबीसी संवाददाताको भेट एक महिलासँग भयो । ती युवती पूरा मेकअप गरेकी थिइन् र कसिलो कपडा लगाएकी थिइन् । उनी पश्चिमा महिलाहरुजस्तै देखिन्थिन् ।

तर ,उनी पछिल्लो दिनमा सिरियाली शहर रक्काबाट भागेर त्यहाँ पुगेकी हुन् । उनका पति चरमपन्थी संगठन इस्लामिक स्टेटको तर्फबाट लड्दा मारिएका थिए । जीहादीको श्रीमतीको रुपमा उनले सिरियामा देखेको केहि भयावह दृश्यहरु उनी अहिले पनि सम्भिmन्छिन् ।

सिरियाको उनको सँगैको कोठामा एक यजिदी महिलामाथि बलात्कार भइरहेको थियो । ती महिलाको चित्कार सुनेर पनि उनले केहि गर्न सकिनन् । गल्ति गरेको खण्डमा मानिसहरुलाई कोर्रा लगाइन्थ्यो र मृत्युको मुखमा पुर्‍याइन्थ्यो । लगातार बमबारी र हवाइ हमला भइरहन्थ्यो । यी सबै घटनाहरु उनको दैनिक जीवनका नियमित प्रक्रिया थिए ।

उनले बीबीसीसँग भनेकी छन्, ‘जव जिहादीले जोर्डनका पाइलटलाई जिउँदै जलाए, त्यतिबेला मैले सोधेको थिए कि यो इस्लाम संस्कार अनुसार ठीक थियो ? जहाँसम्म मैले जानेको थिएँ इस्लामले कसैलाई जलाउने अधिकार दिँदैन ।

इस्लामिक स्टेटका लडाकूको सहयोगमा नै उनी सिरियाको सीमा पार गरी टर्की पुगिन् र त्यहीँबाट स्वीडेन छिर्न सफल रहिन् ।

उनी भन्छिन्, ‘तपाईं जव यस्ता स्थानमा (सिरियाका द्वन्द्वग्रष्त क्षेत्र) जानुहुन्छ, अन्य संसारको बारेमा केहि सोच्न सक्नुहुन्न । तपाईंले सिर्फ सोच्नुहुन्छ कि कसरी छिटोभन्दा छिटो मर्ने र स्वर्गमा जाने ।’

गोटेनवर्ग त्यस्तै स्थान हो, जहाँबाट धेरै जिहादीहरुको भर्ती भइरहेको छ । पाँच लाख जनसंख्या रहेको यस शहरबाट कम्तिमा १०० भन्दा बढी मानिस चरमपन्थीको साथ मिलेर लड्ने निर्णय लिएका छन् ।

गोटेनवर्ग स्वीडेनको सबैभन्दा बढी विविधता भएको शहरमध्ये एक हो । शहरको जनसङ्ख्याको एक तिहाइ हिस्सा आप्रवासी पृष्ठभूमीका मानिसहरुले ओगटेका छन् । जसमध्ये धेरैजसो मुसलमान छन् । शहरको उत्तरपूर्वी नगर एंगर्डमा त ७० प्रतिशत मानिस मुसलमान छन् ।

एंगर्डका पुलिस प्रशासनका लागि यो चुनौति बनेको छ । पुलिसको स्वीकारोक्ति यो छ कि यहाँको कानुनी व्यवस्था कुनैपनि समय धर्मराउन सक्नेछ । त्यहाँ एक समानान्तर समाज बन्न सक्छ ।

Jihadi-1

त्यहाँका थुप्रै मानिसहरु चाहन्छन् कि आफ्नो समुदाय इस्लामिक नियमअनुसार चल्नुपर्छ । उनीहरु कथित रुपमा महिलाहरुलाई कपडा र पार्टीहरुमा उपस्थिति नजनाउन धम्क्याउँछन् । पार्टीहरुमा संगीत र नृत्यमा महिला सहभागिता अपराध मान्नेहरुको जमात छ त्यहाँ ।

यहाँका दुई तिहाई बच्चा १५ बर्षको उमेर पुग्दा नपुग्दै पढाई छोड्छन् र बेरोजगारीको दर ११ प्रतिशत छ जुन स्वीडेनको समग्र बेरोजगारी दरभन्दा अधिक उच्च हो । यस्ता मानिसहरुलाई चरमपन्थी संगठनहरुले सजिलै आफ्नो निशाना बनाइरहेका छन् ।

चरमपन्थी संगठनका मानिसहरुले यहाँ आएर भन्ने गरेका छन् कि ‘हामी एक दाइ या पिताको रुपमा तपाईंलाई भन्न चाहन्छु कि तपाईं दुर्ब्यशनीमा नलाग्नुहोस् । यसको सट्टा हामीसँग आउनुहोस् । अल्लाहको साथ लडौं, मुसलमानको स्वतन्त्रताका लागि लडौं । मुसलमान मारिइरहेका छन् । उनको साथमा बलात्कार भइरहेको छ तर तपाईंहरु आफ्नो समय नष्ट गरिरहनुभएको छ । तपाईंहरुलाई स्वीडेनका मानिसहरुले केहि दिनेछैनन् ।’

त्यहाँका थुप्रै अविभावकलाई लागेको छ कि लडाईको चपेटामा परि सुरक्षाको खोजीमा आफूहरु स्वीडेन आएपनि आफ्ना बालबालिकालाई यहाँ भेदभाव भइरहेको छ ।

सिरिया र इराकबाट धेरैभन्दा धेरै शरणार्थीको भीड आउनाले समस्या पहिलेको भन्दा जटिल बन्दै गइरहेको छ । स्वीडेनका मानिसहरु शरणार्थीहरुलाई उदार हृदयले स्वागत गर्छन् । प्रतिव्यक्तिको हिसावमा स्वीडेनले सबैभन्दा धेरै आप्रवासीलाई शरण दिएको छ ।

स्वीडेनका एकमात्र इन्टिग्रेसन अफिसर उल्फ बोस्ट्रम यसको जिम्मेबार स्वीडेनको पुलिस सङ्ख्यामा गरिएको कटौतीलाई मान्छन् । उनी भन्छन् कि पुलिसको अधिकार आधा कटौती गरिएपछि यो समस्या बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?