+
+

सलमानलाई सुझाबः मिडियामा बोल्दा विचार गर्नु

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १ गते ११:१०

salman

मुम्बई । आफ्नै अभिब्यक्तिका कारण सलमान खानले बेला-बेला आलोचना सहनु परेको छ । अनावश्यक विवादवाट जोगिनने उपाय स्वरुप उनका बिजनेश मेनेजर रेश्मा शेट्टीले मिडियासँग बोल्ने बेलामा बिचार पुर्‍याउन सुझाब दिएकी छिन् ।

पछिल्लो पटक पाकिस्तानी कलाकारको पक्षमा अभिब्यक्ति दिएपछि सामाजिक सञ्जालमा सलमानको विरोध भएको छ ।

सलमानका नजिककाले दिएको जानकारी अनुसार रेश्माले सलमानलाई मिडियासँग दुरी बनाउन सुझाब दिएकी छिन् । त्यति मात्रै हैन उनलाई ट्वीट गर्दा समेत विचार पुर्‍याउन रेशमाले सुझाब दिएकी छिन् ।

सलमानको रियालिटी शो बीग बोस सुरु भएको छ । केही मिडियाले सलमानसँग कुरा गर्न खोजिरहेका छन् तर, सलमान मानेका छैनन् । सलमानले मिडियालाई बेवास्ता गर्नुको कारण रेश्माको सुझाब हो कि भनेर अनुमान गर्नेहरु धेरै छन् ।

रेशमासँग सलमानको केबल ब्राण्ड मेनेजरको मात्रै सम्बन्ध छैन । रेश्मा सलमानकी बहिनी अलविराकी साथी पनि हुन् । वान्टेडपछि सलमानको ब्राण्ड भ्यालु बढाउनमा रेश्माको ठूलै हात छ । सलमान आर्थिक कारोवारको सवालमा आफ्नै भाईहरुको समेत कुरा सुन्दैनन् तर, रेश्माको सबै सुझाब मान्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?