+
+

सोमबारका टप १० समाचारः तपाईंले छुटाउनु भयो कि ?

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १ गते २२:३०

prachanda-returns-3

आज सोमबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

१. प्रधानमन्त्रीको वयानः मेरो छाती फुलेको छ, तर पत्रकारसँग चित्त दुःखेको छ

प्रधानमन्त्रीले भएजति कुराहरु मनमा नराखिकन हुबहु सुनाए । उनको भनाइको सार थियो- त्यहाँ ढुंगो खोज्दा देउवा मिलेजस्तो भयो । गर्वले मेरो छाती फुलेको छ । तर..

२. शशांकको अभिव्यक्तिभन्दा देउवाको मौनता ‘खतरनाक’

कांग्रेसको आगामी विहीबारदेखि हुने केन्द्रीय कार्य समिति बैठकमा हिन्दू राज्यबारे पार्टीको आधिकारिक निर्णय र दृष्टिकोण मागिने निश्चित छ । तर, त्यो माग गुटको स्तरबाट माथि उठेर आउँछ वा शशांक कोइरालालाई अप्ठेरो पार्नका लागि मात्र आउँछ भन्नेचाहिँ पर्खाइको विषय हो ।

३. प्रचण्डले विमानस्थलबाट भने- सी र मोदीसँग एकसाथ भेट सुखद संयोग

भारतको गोवामा भएको ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्ड, चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच लिडर लाउन्जमा संयुक्त भेट भएको थियो । सम्मेलनमा सहभागी भएर सोमबार अपरान्ह स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले यो भेटलाई दुर्लभ र सुखद संयोग भनेका हुन् ।

४. प्रचण्ड, मोदी र शीको भेटबारे ओलीको टिप्पणीः भेट हुँदैमा वार्ता भनिँदैन (भिडियोसहित)

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ भेट गरेकोबारे मुख खोलेका छन् । र, प्रचण्डमाथि कूटनीतिक मर्यादाको उल्लंघन गरेको आरोप लगाएका छन् ।

५. सुवास नेम्वाङको चेतावनीः एमालेलाई देखाएर मधेसीलाई झुक्याउने खेल अब चल्दैन

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ यतिबेला पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीको प्रतिनिधिका रुपमा निरन्तर सत्तापक्षसँग संवादमा छन् । तर, अहिलेसम्म संविधान संशोधनको ‘स’ पनि सत्तापक्षले उच्चारण नगरेको नेम्वाङको गुनासो छ ।

६. घुम्न जाने योजनामा हुनुहुन्छ ? नछुटाउनुस् यी १० गन्तव्य

Rara (5)

पहिले-पहिले घुमघाममा विदेशीहरु मात्रै निस्किने गरे पनि पछिल्ला वर्षहरुमा नेपालीहरु पनि विभिन्न योजना र प्याकेज बनाएर विभिन्न ठाउँ घुम्ने क्रम बढेको छ । ट्राभल र ट्रेकिङ एजेन्सीहरुले पनि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी विभिन्न प्याकेज बनाउने गर्छन् ।

७. ‘मधेसलाई अधिकार दिएको छ, चम्काउनै जानेनन्’

संसद् भवनदेखि केही मिनेटको दूरीमा रहेको ठाउँलाई कर्मथलो बनाएका रायको राजनीतिक सुझबुझ कस्तो रहेछ, हामीलाई जान्न मन लाग्यो । हामीले सोध्यौं, अहिले देशको प्रधानमन्त्री को छ, थाहा छ ?

८. टेलिकमको योजनाः पुसदेखि काठमाडौं र पोखरामा ‘फोर-जी’

टेलिकमले बनाएको यो योजना आइतबार नै दूरसञ्चार प्राधिकरणमा पेश गरिसकेको वैद्यले बताइन् । तर, फोर-जी कति स्पीडको हुने भन्ने विषय भने टेलिकमले सार्वजनिक गरेको छैन ।

९. फेसबुक त कहाँबाट हुन्थ्यो, चिठीकै थ्यो भर !

मैले सात वर्षको ग्यापमा ल्याएको हुँ यो गीत । पछिल्लो समय म नयाँ खालको गीत ल्याउनुपर्छ भनेर लागिरहेको थिएँ । गीत लेखिरहेको र कम्पोज गरिरहेको हुन्थेँ । तर, नयाँ बनाएका गीतहरु राम्रा भए पनि अलि पहिलाको जस्तै भइरहेका थिए ।

१०. नेपाल विश्वको २९ औँ असुरक्षित मुलुक

फिनल्याण्ड विश्वको सबैभन्दा सुरक्षित देशको रुपमा रहेको छ भने अफ्रिकी देश नाइजेरिया सबैभन्दा असुरक्षित अर्थात् खतरनाक देशको रुपमा गिनिएको छ ।

र, यो पनि

यी युवतीले दिनहुँ दाह्री खौरिन्छिन्, कारण यस्तो छ

प्रायः पुरुषहरुले आफ्नो अनुहार सफाचट बनाउनका लागि नियमित रुपमा दाह्री खौरिन्छन् ।तर, के तपाइँले कुनै महिलाले नियमित रुपमा दाह्री खौरिएको देख्नुभएको छ ? यो कुनै हँसिमजाक होइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?