Comments Add Comment

वेबसाइट खोल्दा आफै चल्ने भिडियोलाई यसरी रोक्न सकिन्छ

loksewa computerकुनै वेबसाइट खोल्दा उक्त वेबसाइटको पेज लोड हुने बित्तिकै वेबसाइटमा रहेको भिडियो आफै चल्ने गरेको अनुभव गर्नुभएको छ होला । प्रायः यसरी आफै चल्ने भिडियोहरुमा विज्ञापनिक भिडियोहरु धेरै हुन्छन्, जसले प्रयोगकर्ताको ध्यान आकषिर्त गर्दछन् ।

हरेक पटक कुनैपनि वेबपेज खोल्नुअघि आफ्नो ग्याजेटको स्पीकर म्यूट गर्नु आवश्यक ठानिँदैन । तर यस्ता अटो प्ले भिडियोवाला साइटहरु खोल्दा अचानक बज्ने भिडियोले कहिलेकाहीँ समस्या सिर्जना गर्ने गर्छन् ।

यदि तपाइँले पनि यस्तो समस्या भोगिरहनु परेको छ र तपाइँ यसरी वेबसाइट खोल्दा भिडियो आफै नखुलोस् भन्ने चाहनुहुन्छ भने यसका लागि एउटा ब्राउजर एक्स्टेन्सन वा एप तपाइँको डिभाइसमा डाउनलोड गर्नुपर्नेछ । जसले यस्तो वेबसाइटको आवाज बन्द गरिदिनेछ ।

क्रोम ब्राउजरका लागि साइलेन्ट साइट साउन्ड ब्लकर नामक एक्सटेन्सन उपयोगी हुन्छ ।

आफ्नो ब्राउजरको सेटिंगमा तपाइँले जुन वेबसाइटमा आवाज फुकुवा गर्नुपर्ने हो सोहीमा मात्रै आवाज सुनाउने इजाजत दिन सक्नुहुन्छ ।

कुनैपनि वेबसाइटमा जब कुनै अडियो वा भिडियो फाइदा चल्दछ तब स्त्रिmनमा एक पप अप देखा पर्दछ जसले तपाइँसँग सोध्नेछ की वेबसाइटमा त्यसलाई बज्न दिने कि नदिने ? एकपटक तपाइँले इजाजत नदिने अप्सनमा क्लिक गर्नुभयो भने यसले पुनः सोधेर दुख दिनेछैन ।

आफ्नो ब्राउजरलाई तपाइँ उक्त भिडियोलाई केवल एकपटक मात्र चल्न दिनेगरी पनि सेट गर्न सक्नुहुन्छ ।
इन्टरनेटमा अहिले थरीथरीका वेबसाइटमा भिडियोहरुको प्रयोग बढिरहेको छ । विश्वभर फैलिरहेको फोर जी नेटवर्कका कारण मोबाइल डिभाइसमा भिडियो हेर्न निकै सजिलो भएको छ ।

प्रविधिको फैलावट तथा मानिसहरुको रुचीलाई ध्यान दिँदै कम्पनीहरुले आफ्नो सन्देश लक्षित प्रयोगकर्तासम्म पूराउनका लागि यस्ता वेबसाइट बनाउँछन् जसमा उनीहरुको भिडियो पनि स्वतः चलोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment