Comments Add Comment

बनाई नसक्दै भत्कियो सडकको नाली र पर्खाल

२ कात्तिक, खोटाङ । कालोपत्रेको काम थालिएको दिक्तेल–हलेसी सडकखण्डको अर्खौले क्षेत्रमा निर्माण गरिएको नाली र पर्खाल बनाई नसक्दै भत्किएको छ ।

road-1सडकमा पस्ने भलबाढी कटाउन आसपासमा निर्माण गरिएको नाली तथा सडकमुनिबाट उठाइएको पर्खाल बनाई नसक्दै भत्किएको हो । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापर्बाहीले निर्माणाधीन सडकको नाली र पर्खाल बनाई नसक्दै भत्किएको स्थानीय किशोर श्रेष्ठले बताए ।

नाली र पर्खाल निर्माणमा प्रयोग गरिएको सिमेन्ट र बालुवाको मात्रा नमिलेकै कारण बनाइ नसक्दै भत्किएको निर्माण गर्नमा सहभागी कामदारले स्वीकारेका छन् । “हामीले मात्रा मिल्दैन भनेकै हो ।” नाम नभन्ने सर्तमा एक कामदारले भने, “ज्यालादारीमा काम गर्ने कामदार न परियो, ठेकेदारले अह्राएको काम गर्दा यस्तै भयो ।”

आयोजनास्थलमा खटिएका  इन्जिनियर प्रकाश चौधरीले भने सडकमा निर्माणाधीन नाली तथा गाह्रो भत्किनुका कारण लगातारको वर्षा भएको दाबी गरे  । मध्यपहाडी लोकमार्गमा पर्ने ४२ किलोमिटर सडकमध्ये हलेसीदेखि अर्खौलेसम्मको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा सूर्य कन्ट्रक्सनले लिएको हो ।

जिल्लामा निर्माणाधीन भौतिक पूर्वाधारका विषयमा स्थानीय प्रशासनले समेत चासो नदिएको स्थानीयले बताएका छन् । दुई वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको उक्त सडक ठेकेदार कम्पनीको लापर्बाहीले तीन वर्ष पूरा हुँदा समेत सम्पन्न भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment