Comments Add Comment

९ कक्षाको परीक्षामा सोधियो अनौठो प्रश्नः विराट कोहोलीकी प्रेमिका को हुन् ?

Virat-kohaliभारतीय क्रिकेट स्टार विराट कोहोली र अभिनेत्री अनुष्का शर्माको प्रेम सम्बन्ध सधै चर्चामा रहने गर्दछ । कहिले उनीहरुको ब्रेकअपको कुरा आउँछ त कहिले प्याचअप को । हुँदा हुँदा यी दुइ स्टारको प्रेम सम्बन्ध अब भारतका स्कुलहरुमा विद्यार्थीलाई सोधिने सामान्यज्ञानको प्रश्न बन्न थालेको छ ।

हो, भारतको एक विद्यालयमा ९ कक्षाका विद्यार्थीहरुलाई परीक्षामा विराट कोहोली र अनुष्का शर्माको प्रेम सम्बन्धको विषयलाई सामान्य ज्ञानको प्रश्नको रुपमा सोधिएको छ ।

महाराष्ट्रको भिवन्डीस्थित चाचा नेहरु हिन्दी हाइस्कुलमा ९ कक्षाका विद्यार्थीहरुलाई शारीरिक  शिक्षण विषयको परीक्षामा यस सम्बन्धी प्रश्न सोधिएको छ ।

school_mosखाली ठाउँ भर्ने यो प्रश्नमा विराट कोहलीकी प्रेमिकाको नाम पछि खाली ठाउँ दिएर तिनवटा विकल्प दिइएको छ । जसमा विकल्पको रुपमा पि्रयंका, अनुष्का र दीपिका रहेका छन् । सायद विराट कोहली क्रिकेट खेलाडि भएको हुनाले शारीरिक शिक्षा विषयमा यो प्रश्न सोधिएको हुनसक्छ । तर कोहलीको प्रेमिकाको विषयमा विद्यार्थीहरुलाई उटपट्यांग प्रश्न सोधिएको भन्दै आलोचना पनि भएको छ ।

गत अक्टोबर १३ मा यो परीक्षा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment