Comments Add Comment

प्रधानमन्त्री प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

Prachanda३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्रीले दिउँसो तीन बजे बस्ने संसदको बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख ओनसी घर्तीले ट्वीटर मार्फत जानकारी दिएकी छिन् ।

प्रधानमन्त्री प्रचण्डले समसामयीक ताथा सरकारको कामकारबाही र आफ्नो गोवा भ्रमणबारे संसदमा जानकारी गराउँन लागेका हुन् ।

मंगलबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद भरतमोहन अधिकारी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको गोवा भ्रमण र त्रिपक्षीय बैठकबारे प्रधानमन्त्रीको जवाफ मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment