Comments Add Comment

पूर्वी पहाडी क्षेत्रमा चिसो बढ्यो

३ कात्तिक, ताप्लेजुङ । मनसुन सकिएसँगै पूर्वी पहाडी जिल्लामा यो वर्ष छिट्टै चिसो बढेको छ ।

नेपालको वायु मण्डलमा पूर्वी मनसुनी वायुको प्रभाव सकिएर पश्चिमी वायुको प्रभाव सुरु भएसँगै चिसो बढेको पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ ।

Coldकार्यालयका अनुसार नेपाली वायु मण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ । चिसो वढेसँगै ताप्लेजुङको न्युनतम तापक्रम १३ डिग्री सेल्सियससम्म झरिसकेको छ ।

केही दिन अघिदेखि तापक्रम दैनिक एक डिग्रीसम्म र्झन थालेको कार्यालय प्रमुख विष्णु न्यौपानेले बताए । चिसो बढेका कारण जिल्लाको अधिकतम तापक्रम पनि २५ डिग्री सेल्सियसमा सीमित भएको छ ।

एक्कासी चिसो बढेसँगै ताप्लेजुङ सदरमुकाम सहित माथिल्लो क्षेत्रका स्थानिय विहान बेलुका समुह भएर आगो ताप्ने तातो लुगा लगाए हिड्न् थालेका छन् ।

चिसोसँगै हिउँ पर्ने, तुसारो झर्ने भएकाले घरपालुवा चौपाया तथा बालबालीका र बृद्धबृद्धा लाई चिसोबाट जोगाउन समस्या हुनेगरेको लेलेपका स्थानीय निमा फुटि शेर्पाले बताईन ।

असोज महिना भर वर्षा

यसैवीच ताप्लेजुङमा असोज महिनामा ७ दिन बाहेक अन्य सबै दिन निरन्तर वषर्ा भएकाले पनि जिल्लामा चिसो चाँडो बढेको मौषम विदले बताएका छन् ।

ताप्लेजुङमा असोज महिनामा ८, ११, १२, १७, २४, २५, ३० गते बाहेक सबै दिन वषर्ा भएको पुर्वि क्षेत्रिय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । असोज महिनामा सबै भन्दा बढि १९ गते ४५.४ मिलिमिटर वर्षा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment