क्वालालम्पुर । बैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत एक नेपाली मजदूरको सुतेकै अवस्थामा मृत्यु भएको छ ।
पाल्पा अर्गली गाविस वडा नम्बर ५ घर भई वालाकोनमा रहेको एक कम्पनीमा कार्यरत २६ बर्षीय केशवहादुर सोमैको सुतेकै अवस्थामा ज्यान गएको हो ।
दिनभरी साथीसँग घुमेका सोमै वेलुका खाना खाई करीव साढे ११ वजे तिर सुतेका थिए । विहान डिउटी जाने वेला हुँदा सम्मपनि नउठेपछि साथीहरुले उठाउने प्रयास गर्दा उनको मृत्यु भइसकेको बताइएको छ ।
रोजगारीको लागि उनी २७ महिना अगाडि मलेसिया आएका थिए । शवलाई पोसमार्टमको लागि स्थानीय सेरडाङ अस्पतालमा राखिएको छ । सोमैको श्रीमती एक छोरा र एक छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4