Comments Add Comment

डा. केसीको लहडमा सरकारले मेडिकल शिक्षालाई बर्बाद पार्न खोज्योः शेखर कोइराला

shekhar koirala३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले डा. गोविन्द केसीको लहडमा लागेर सरकारले मेडिकल शिक्षालाई बर्बाद पार्न खोजेको आरोप लगाएका छन् ।

बुधबार व्यवस्थापिका संसदको महिला बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको बैठकमा कांग्रेस सांसद कोइराला डा. केसीप्रति आक्रमक रुपमा प्रस्तुत भए । डा. केसीले उपत्यकामा मेडिकल कलेज खोल्न नहुने माग राखेको भन्दै चिकित्सक समेत रहेका कोइरालाले भने, ‘जुम्लाको अस्पताल त वीपी प्रतिष्ठानको सहयोगको भरमा चलेको छ । जुम्लामा मेडिकल कलेज खोलेर के गर्नु हुन्छ ?’

डा. केसीले त्रिभुवन विश्वविद्यालय ऐनलाई चुनौती दिएको उनको आरोप छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डिन वरिष्ठ मात्र नभएर योग्य पनि हुनु पर्ने भन्दै उनले बरिष्ठताका आधारमा हुनु पर्ने डा. केसीको माग उपयुक्त नभएको तर्क गरे ।

साथै उनले माथेमा आयोगको प्रतिवेदन पनि सानो घेराको स्वार्थमा आएको दाबी गरे ।

अख्तियारले परीक्षा लिने र डा. केसी सडकमा कराउने गरेको भन्दै उनले मेडिकल कलेज चेपुवामा परेको कांग्रेस सांसद कोइरालाले बताए । उनले शिक्षा र स्वास्थ्य मन्त्रालयबीच समन्वय नहुँदा अहिलेको अवस्था आएकोसमेत बताए ।

उनले मेडिकल काउन्सिललाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिएका छन् ।

अर्का सांसद गणेशमान गुरुङले पनि माथेमा आयोगको प्रतिवेदन साँघुरो घेराबाट आएको बताए । मेडिकल कलेज नखोल्दा वार्षिक ८ अर्ब रुपैयाँ विदेशीने गरेको उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment