Comments Add Comment

बिद्यालयमा बम पड्काउने योजनाकार सार्वजनिक

bomb_jorpati army

५ कात्तिक, काठमाडौं । एक महिनाअघि काठमाडौंका बिद्यालयमा बम बिष्फोट गराएर आतंकित बनाउने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

क्रान्तिकारी कम्युनिष्ट केन्द्र नामक पार्टीका महासचिव बताउने केशब दाहाल र आफूलाई सो पार्टीको विद्यार्थी संगठनका संयोजक बताउने मिन देवकोटालाई प्रहरीले गएराति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

साथै सो पार्टीका संयोजक देवेन्द्रसिंह महतको नेतृत्वमा जमघट तथा बैठक हुने टोखास्थित एक घरबाट प्रहरीले प्रेसर कुकर, दुई थान सिलिण्डर, रातो कालो बिजुलीको तार र एक थान ब्याट्री बरामत गरेको छ ।

बिष्फोटको आरोपमा यसअघिनै पक्राउ परिसकेका शंकर लाखेको गोकर्णेश्वर नगरपालिकामा रहेको घरबाट पनि १ थान प्रेसर कुकर र रातोकालो तार बरामत भएको छ । प्रहरीले बम बनाउने सामाग्रीको रुपमा यसलाई लिएको छ ।

पक्राउ परेकाहरुलाई संगठित अपराध ऐन अन्तर्गत मुद्धा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
बिष्फोट योजनाका मूख्य योजनाकार महतसँगै अन्य दुई योजनाकारको खोजी भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment