६ कात्तिक, झापा । झापामा एक व्यक्तिको सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ लिनका अर्कै व्यक्तिले ट्रायल दिएको खुलेको छ ।
यातायात व्यवस्था कार्यालय मेचीमा ‘जी’ वर्गको ‘हेवी’ सवारीका लागि एक व्यक्तिको ट्रायल अर्कैले दिएको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ ।
जिल्लाको शान्तिनगर-९ का खेमराज अधिकारीले जलथल-९ का दधिराम गुरागाईंको नाममा ट्रायल दिएको पाइएको प्रहरी नायब उपरीक्षक केशवकुमार थेबेले बताए ।
गुरागाइर्ंको प्रवेशपत्रमा अधिकारीले आफ्नो फाटो टाँसेर ट्रायल पास गरेको भेटिएपछि परीक्षा रद्द गरिएको उनले जनाए ।
दुवै जना अहिले प्रहरीको नियन्त्रणमा छन् भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
उनीहरुमाथि सरकारी कागजात कीर्ते गरेको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ ।