Comments Add Comment

महाअभियोग बारे राजनीतिक दलहरुबीच समान धारणा आवश्यकः परिवार दल

eknath-dhakal९ कात्तिक, काठमाडौं । नेपाल परिवार दलले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावमा सवै दलले समान धारणा बनाउनुपर्ने बताएको छ ।

दलको केन्द्रीय कार्य समितिको बैठकले महाअभियोगको  बिषयमा निर्णय लिने अधिकार पार्टी अध्यक्ष एकनाथ ढकाललाई दिएको जनाएको छ ।

कार्यसमिति बैठकले भ्रष्टाचार विरुद्धको अभियानमा विचलित नभइ अगाडि बढ्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ ।

संविधानमा आवश्यक संशोधन गरी सयममै चुनावको वातावरण बनाउन बैठकले सरकारसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment