१० कात्तिक, काठमाडौं । सांगि्रला डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो ३ महिनामा गत वर्षको यसै अवधिको भन्दा ४० प्रतिशतले नाफा बढाएको छ । ३ महिनामै बैंकले ६ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।
यस अवधिमा बैंकले १० अर्व ९४ करोड निक्षेप संकलन गरी ९ अर्ब ८० करोड कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी १ अर्व ७ करोड ३४ लाख रुपैयाँ रहेको छ ।
बैंकले बैंकले आफ्नो कुल ३१ शाखा कार्यालय, १२ एटीएम र मोवाईल बैकिङ सेवामार्फत ग्राहकहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
बैंकले ६ शाखाहरुमा लघुबित्त इकाई मार्फत बिपन्न समुदायका ब्यक्तिहरुलाई सामुहिक जमानीको आधारमा बिना धितो बित्तीय सेवा समेत प्रदान गर्दै आईरहेको न्ाायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।