Comments Add Comment

गिरानचौरमा राष्ट्रपतिः धुर्मुस सुन्तली फाउण्डेसनको आवास हस्तान्तरण हुँदै

giranchaur_dhurmus-suntali-basti-7१२ कात्तिक, काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरानचौरमा निर्माण गरेको एकीकृत नमुनावस्ती आज राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपीडित परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

शुक्रबार बिहान यो वस्ती राष्ट्रपति भण्डारीले समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको सीताराम कट्टेल(धुर्मुस)ले जानकारी दिए ।

कुल ३५ रोपनी जग्गामा करीब ५ करोड लागतमा निमार्ण गरिएको वस्तीमा ६५ वटा घरसहित एक सामुदायिक भवनसमेत रहेको छ । वस्तीमा खेल्नका लागि बालबच्चाहरुलाई पार्कसहित खेल मैदान समेत बनाइएको छ ।

बस्तीमा रहेका प्रत्येक घरहरु अपाङ्गमैत्री छन् । वस्तीका घरहरुमा हृवील चियरबाट सबै घरहरुमा पुग्न सकिन्छ । नमुनावस्ती बालमैत्री, भूकम्पमैत्री छ ।

giranchaur_dhurmus-suntali-basti-1गिरानचउरको ३५ रोपनी क्षेत्रफलमा  ६५ वटा घर निर्माण भएको छ । तीनवटा ब्लकमा निर्माण गरिएको वस्तीमा ब्लक ‘ए’मा २३ घर, दुईवटा सार्वजनिक धारा, पार्किंङ, लगायतको सुविधा रहेको छ । त्यस्तै प्लक बीमा २७ घर रहेको छ । व्लक सीमा १५ घर र्साजनिक धारा, शौचालय, खेल मैदान, सामुदायिक भवन  रहेको छ ।

सरकारले भूकम्प आएदेखि नै एकीकृत वस्ती विकास गर्ने बताइरहेका बेला धुर्मुस र सुन्तलीले व्यक्तिगत पहलमा सहयोग जुटाएर यो वस्ती निर्माण गरेका छन् । उनीहरुको उदाहरणीय कामलाई राष्ट्र प्रमुखले सहभागिता जनाएर हौसला बढाएकी छिन् ।

व्यक्ति व्यक्ति मिलेर राम्रो काम गर्ने हो परिवर्तन सम्भव छ भन्ने सकारात्मक उदाहरण धुर्मुस र सुन्तलीले देखाएका छन् ।

यो पनि पढ्नुहोस्

धुर्मुस र सुन्तलीले यसरी उभ्याए गिराञ्चौरमा नमूना वस्ती (फोटो फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment