Comments Add Comment

मुखर्जीको भ्रमणमा सार्वजनिक बिदा दिनु अनुपयुक्तः नारायणकाजी श्रेष्ठ

 

Narayankaji Shresth Prakash

१२ कात्तिक, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारत र चीनका राष्ट्रप्रमुखको नेपाल भ्रमणको आगमनको दिनमा सार्वजनिक बिदा दिने सरकारको निर्णयको बिरोध गरेका छन् ।

सत्ताधारी नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका श्रेष्ठले भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तय भए पनि चीनका राष्ट्रप्रमुखको भ्रमण निश्चित भइनसकेको अवस्थामा सरकारको यो निर्णय अनुपयुक्त र अस्वाभाविक भएको टिप्पणी गरेका छन् ।

भारतीय राष्ट्रिपतिको सन्दर्भमा मात्र यस्तो निर्णय गरिनुले आलोचना बढेको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment