+
+

तारानाथ शर्मालाई नियात्रा सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १३ गते १४:२३

niyatra

काठमाडौं । प्रथम नियात्राकृति प्रकाशित भएको शतवार्षिकीका अवसरमा वरिष्ठ नियात्राकार डा. तारानाथ शर्मालाई नियात्रा सम्मानद्वारा सम्मान गरिएको छ । नेपाली साहित्यमा सुवेदार मेजर शेरसिंह रानाद्वारा लिखित ‘मेरो लन्दन राजतिलक यात्रा’ लाई प्रथम पटक प्रकाशित नियात्रा कृति मानिन्छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठान र नियात्रा समाज नेपालद्वारा राजधानीमा आयोजित कार्यक्रममा शर्मालाई दोसल्ला ओढाई ताम्रपत्रले सम्मान गरिएको हो ।

सम्मान ग्रहण गरेपछि डा. शर्माले नियात्रा शब्द बालसखा बालकृष्ण पोखरेलले सिर्जना गरेको प्रसंग निकाल्दै यो मौलिक नेपाली शब्द भएको बताए । लेखकले आफ्नो नियात्रामा पाठकलाई पनि सँगसँगै हिँडाउन सक्नु नै यो विधाको सफलता भएको उल्लेख गरे ।

कार्यक्रममा सम्मानित व्यक्तित्वबारे प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, सदस्यसचिव डा. जीवेन्द्रदेव गिरी, निबन्धकार श्रीओम श्रेष्ठ रोदन टिप्पणी गरेका थिए । कार्यक्रममा डा. निर्मोही व्यासले ‘नेपाली साहित्यमा नियात्रा लेखनको ऐतिहासिक पृष्ठभूमि एवम् यसको विकासको गति’ र बलराम अधिकारीले ‘नियात्रा साहित्यको सैद्धान्तिक परिचय एवम् विश्व साहित्यमा यसको गति’ विषयमा प्रवचन दिएका थिए ।

उक्त प्रवचनमाथि प्राज्ञ विष्णुराज आत्रेय, प्राज्ञ विवश पोखरेल, नारायण तिवारी, शेखर ढुङ्गेल लगायतले टिप्पणी गरेका थिए । नियात्रा लेखनका बारेमा नियात्रा समाज नेपालका अध्यक्ष चन्द्रप्रसाद भट्टराई, महासचिव दामोदर पुडासैनी किशोर, गीता रेग्मी लगायतले पनि आफ्नो विचार राखेका थिए ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?