Comments Add Comment

असनमा तिहारको किनमेल रौनक (फोटो फिचर)

tihar-kinmel-asan-16
१४ कात्तिक, काठमाडौं । राजधानी लगायत देशभर यतिबेला तिहारका लागि सरसमान खरीद गर्नेहरुको भीडभाड लागेको छ । मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिती देखिन्छ ।

खासगरी राजधानीको असन, इन्द्रचोक, न्यूरोड, बानेश्वर, कालिमाटी लगायतका स्थानहरु उपभोक्ताको भिडभाडका कारण मेलास्थल जस्तै देखिन्छन् ।

tihar-kinmel-asan-9
बजारमा किनमेल गर्ने भीडले तिहारको रौनकलाई दर्शाएको छ । राजधानीको पुरानो बजार असनमा तिहारको लागि भाइमसला तथा फूलका माला किन्नेहरुको भीड लागेको छ ।

यहाँ भाइमसलासहित सबै किसिमका उपभोग्य वस्तुको थोक तथा खुद्रा व्यापार हुनेगर्छ ।  तिहारमा भाइमसला किन्नेकहरू भने विशेष भीड छ । यस्तै झिलिमिली बत्ति किन्ने पसलमा पनि उपभोक्ताहरु अत्याधिक संख्यामा देखिन्छन् ।

tihar-kinmel-asan-11
भोटाहिटीका कपडा पसहलरुमा पनि समान्य अवस्थाको भन्दा बढी भीड देखिन्छ । किराना पसलहरुमा पनि उपभोक्त त्यतिकै पुगेका छन् । तिहारमा लागि आवश्यक खाद्यान्न र सरसामान किन्नेको घुइँचो पनि बजारमा थामिनक्नु देखिन्छ ।

बजारमा मूल्यवृद्धि अस्वभाविक रुपमा भएपनि उपभोक्तालाई अत्यावश्यक वस्तु नकिनी सुखै छैन ।

tihar-kinmel-asan-5
tihar-kinmel-asan-15
tihar-kinmel-asan-13
tihar-kinmel-asan-10

tihar-kinmel-asan-8
tihar-kinmel-asan-3
tihar-kinmel-asan-1
tihar-kinmel-asan-2
tihar-kinmel-asan-6
tihar-kinmel-asan-7
tihar-kinmel-asan-14
tihar-kinmel-asan-12
tihar-kinmel-asan-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment