Comments Add Comment

मालाको भाउः छिनमै १५ सय, छिनमै २५ सय !

tihar-ful-kinmel-2
१४ कात्तिक, काठमाडौं । तिहारको मुख्य रौनक सुरु भएसँगै काठमाडौं उपत्यकामा फूल र मालाले सुन्दरता बढाएको छ । विभिन्न बजार बजार, पसल, चोक, गल्लीहरुमा सयपत्री र मखमली फूल बेच्न राखिएका छन् ।

आज लक्ष्मी पुजाको दिन भएकाले घर सजाउन माला किन्ने बजार पुग्नेको संख्या पनि उत्तिकै छ । न्युरोड, असन, सुन्धारा, रत्नपार्क लगायत काठमाडौंका मुख्य चोक तथा बजारहरुमा फूलको ब्यपार गर्ने र किन्नेहरुको ठूलो भीड छ ।

tihar-ful-kinmel-1
तर, फूल र मालाको मूल्य भने बजारभरि एकनासको छैन । ब्यापारी र बिचौलियाले फूलमालाको मूल्य मनलाग्दी तवरले तोकिरहेको भेटिन्छ । न्युरोडमा फूल बेचिरहेकाहरु उपभोक्ता हेरेर फूल र मालाको मूल्य तोकिरहेका थिए ।

१०देखि १५ वटासम्म माला राखिएको गुच्छालाई १५ सयमा बेचिरहेका ब्यापारी छिनमै त्यही परिमाणको मालालाई २५ सय रुपैयाँसम्म बेचिरहेका थिए । आधा घण्टामै फूलको मूल्य झण्डै दोब्बर दर दरमा बढाएको देखेपछि राखिएको जिज्ञाशामा ब्यापारीले भने-‘यस्तै हो हजुर। माग हेरेर मूल्य तोकिन्छ ।’

tihar-ful-kinmel-11
तिहारमा विषेशगरी सयपत्री, मखमली र गोदावरी फूलको माग उच्च हुन्छ । घर, पसल, ब्यापारिक कम्प्लेक्सहरु फूल र माला प्रयोग गरी आकर्षक तरिकाले सजाउने गरिन्छ ।

भाइटीकाको दिनमा पनि दाजु-भाइ, दिदी-बहिनीहरुले एकअर्कालाई माला पहिर्‍याइदिने भएकाले यसको विशेष महत्व छ ।
tihar-ful-kinmel-12
तिहारका लागि काठमाडौंमा पनि फूलको बिक्री वितरण सुरु भइसकेको छ । यसवर्ष भारतबाट झण्डै २ लाख सयपत्रीका माला ल्याइएको छ ।

तिहारमा झण्डै १० लाख फूलको मालाको कारोबार हुने गरेको फ्लोरिकल्चर एसोसियशनले जनाएको छ । अहिले बजारमा एउटा मालालाई १ सय रुपैयाँदेखि ५०० रुपैयाँसम्म पर्दछ । कतिपय क्षेत्रमा भने सस्तो मूल्यमा पनि माला विक्री भइरहेको भेटिन्छ ।

tihar-ful-kinmel-9
tihar-ful-kinmel-10
tihar-ful-kinmel-7
tihar-ful-kinmel-6
tihar-ful-kinmel-5
tihar-ful-kinmel-4
tihar-ful-kinmel-3
tihar-ful-kinmel-8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment