Comments Add Comment

भक्तपुरको दत्तात्रय संग्रहालयमा आगलागी

dattatrya-temple-fire
जलेर क्षतिग्रस्त भएका झ्यालहरु । तस्वीर: महानगरीय प्रहरी परिसर भक्तपुर

१५ कात्तिक, भक्तपुर । दीपावली मनाउने क्रममा भक्तपुरको दत्तात्रय संग्रहालयमा आगलागी भएको छ ।

दत्तात्रय मन्दिरसँगै रहेको संग्रहालयमा आगलागी हुँदा बहुमूल्य कलात्मक तीनवटा झ्यालहरु जलेर नष्ट भएका छन् । सोमबार बिहान तीन बजेतिर लागेको आगो भक्तपुर दमकलको सहायताले प्रहरी र स्थानीयले निभाएका थिए ।

दीपावलीको दीयो तातेर भ्यालको चौकोसबाट आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment